मोरङ।

मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगरण्१६ दक्षिण गेटमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका गौरादह नगरपालिका–९ झापाका ३१ बर्षीय सबिन खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक–४ एम्पुल, ऐभिल–४ एम्पुल, फेनारागन–४ एम्पुल र डाईजोपाम–४ एम्पुल फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी बिराटनगर–१५ स्थितमा  लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०२–०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्न क्रममा DIALEX DC 100 ML- २० बोतल फेला पारी चालक सुन्दरहरैचा नगरपालिका–१० मोरङका ३७ बर्षीय आसिष लामिछाने गुरुङ र स्कुटरमा पछाडी सवार चौबिसे गाउँपालिका–६ धनकुटाका २८ बर्षीय आशिष लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको उनीहरुको ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।