मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१२ भित्री सडकमा टि«परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीको छोरी डेढ बर्षीया अननिया चौधरी रहेकी छन् ।

दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको टिफरले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । टि«पर र टि«पर चालक मोरङ केराबारी गाँउपालिका–१० बस्ने ३५ बर्षीय राजकुमार लिम्बु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।