झापा । 

रोटरी क्लब काठमाडौँ र रोटरी नेपाल लिट्रेसी मिसन (आरएनएलएम) ले संयुक्त रुपमा आईटिसी ट्रेनिङ फोर पब्लिक स्कुल टिचर ट्रेनिङ कार्यक्रम सम्पन्न गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका–१२ विद्यालयका १५ जना शिक्षकहरुका लागि उक्त तीन दिने तालिम काठमाडौँमा सम्पन्न गरेका हुन् ।तालिममा रोटरी क्लब काठमाडौँका जोइन्ट सेक्रेटरी रोटरीयन केशवराज ज्ञवालीले सहजीकरण गरेका थिए । 

राजेन्द्र कुमार दाहालको अध्यक्षता एवं आरएनएलएमका चेयरमेन तिर्थमान शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन समारोहमा आरएनएलएमका को–चेयरमेन किरणलाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदी लगायतको उपस्थीति रहेको थियो ।

लकडाउनको समयदेखि नै विभिन्न तालिम तथा कक्षा समेत सञ्चालन गर्दै आएको रोटरी क्लब काठमाडौँले आगमी दिन पनि स्थानिय विभिन्न निकायसँग समन्वय गरि तालिम, कक्षा एवं गोष्ठीहरु सञ्चालन गरिने रोटरी टिच कमीटीका तिर्थराज दाहालले बताए ।