मेचीनगर ।

मेमोरी किङ अर्पण शर्मालाई गृह जिल्लामा सम्मानित गरिने भएको छ । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले उनी लगायत तीन प्रतिभालाई आगामी माघ १७ गते पुरस्कृत गर्ने भएको हो ।

प्रतिष्ठानले मंगलबार (आज) धुलाबारीको होटल रोयल निर्वाणमा पत्रकार भेटघाट गरेर सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व अर्पण शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११  कै असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिने भएको हो ।

सबै पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ  । पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।