बिराटनगर। 

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले मंगलबार (आज) जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गरी कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन्  ।

निर्देशनको क्रममा उनले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने तथा आ–आफनो जिम्मेवार एरिया ईलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खटिन र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

साथै भारतिय काउण्टर पार्टससँग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउनका तथा आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिए।