झापा।
झापाका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–८ का ३६ बर्षीय आसिर खाँ, बुद्धशान्ति गाउँपालिका–३ का २४ बर्षीय अजय तामाङ, १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजवंशी रहेका छन् ।
घरमा नै लागूऔषध भण्डारण गरी लागू औषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागू औषध ब्राउन सुगरसहित सोमवार साँझ घरबाट नै पक्राउ गरेको हो ।
खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवायल समेत बरामद गरेको छ । लागू औषधसहित पक्राउ परेका खाँको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।