झापा । 

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले ७५ हजार रुपैयाँ बराबरको अबैध समान पक्राउ गरेको छ । 

मेचीनगर नगरपालिका वडा नम्बर ६ बसपार्कबाट भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको विभिन्न सामाग्री नियन्त्रणमा लिएको हो । 

प्रहरीले २ बोरा सेण्डो भेष्ट, २ झोला झुल ५० हजार रुपैयाँ र नेपालबाट भारत तर्फ अबैध रुपमा लादै गरेको ४० पन सुपाडी २५ हजार रुपैयाँको बरामद गरेको हो ।

नियन्त्रणमा लिएको सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।