झापा ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ मेची खोलाकिनारस्थित समसान घाटबाट अवैध समान पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले सोमवार (आज) नेपालबाट भारततर्फ अवैध रुपमा लगिदै गरेको उक्त अवैध सामान पक्राउ गरी भञ्सार कार्यालयमा बुझाउने तयारी गरेको जनाइएको छ ।
नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको ५ हजार ४७२ रुपैयाँको लिरिल साबुन, १ कार्टुन, २५ हजार ९२० रुपैयाँको कोलकेट टुथपेष्ट (१००ग्रामको) २ कार्टुन, ८ हजार ६४० रुपैयाँको कोलकेट टुथपेष्ट (३८ग्रामको) १ कार्टुन, १४ हजार ७५० रुपैयाँको हाजमोला ५ कार्टुन गरी जम्मा ५४ हजार ७८२ रुपैयाँ मुल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको सामाग्री आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।