दोमुखा । 

नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) झापाको पाँचौं अधिवेशन धार्मिक तथा पर्यटकीय स्थल दोमुखामा भएको छ । अधिवेशनले झापा जिल्ला समिति र बिर्तामोड नगर समितिको चयन गरेको छ । 

दोमुखामा सोमवार (आज) बनभोजसहितको अधिवेशनले झापा जिल्ला अध्यक्षमा अम्बिका भट्टराईलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा डम्बर थापा, सचिवमा अर्पणा साकोटा, सह–सचिवमा बिमल कट्टेल र कोषाध्यक्षमा गंगा भट्टराई सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा श्यामप्रसाद पौडेल, लक्ष्मी पौडेल, राकेश कर्ण र हेम राजवंशी चयन भएका छन् । 

अधिवेशनले बिर्तामोड नगर अध्यक्षमा खगेन्द्र राईलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा बबिता  पाण्डे, सचिवमा नीता कटुवाल, सह–सचिवमा मेलिना मिश्र र कोषाध्यक्षमा सुवास भट्टराई सर्वसम्मत् चयन भएका छन् । त्यसैगरी सदस्यमा जानुका ढकाल, मानबहादुर भण्डारी, रोहिनी मण्डल र मानबहादुर महत सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक केशब भट्टराईले जानकारी दिए । 

unicom

युनिकमका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको अध्यक्षतामा भएको पाँचौं अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत युनिकमका अर्गानाइजर ह्सिल लामाले गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, बिशिष्ठ नेपाल टे«ड युनियनका यज्ञप्रताप अधिकारी, उद्योग संघ झापाका अध्यक्ष यामबहादुर श्रेष्ठ, श्रम कार्यालय प्रमुख दुर्गा आचार्य, अर्जुनधारा उद्योग बाणिज्य संघका अध्यक्ष इन्दुवर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा युनिकमका केन्द्रिय सदस्य श्याम खड्गी, श्रम कार्यालयका मात्रृका कट्टेल, चेम्बर अफ कमर्श प्रदेश १ उपाध्यक्ष सन्तोष अग्रवाल, युनिकमका अर्गानाइजर देबकुमारी थापा, अर्पणा लामालगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।