झापा ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय धुलबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।