हल्दिबारी । 

हल्दीबारी गाउँपालिका वडा नम्बर ५ मा सामाजिक तथा धार्मिक कार्य सुधार गर्ने उदेश्यले स्थापना गरिएको धनुषा एकता परिवारले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । सामाजिक कार्यमा सबैलाई जोड्ने मालाको रूपमा संस्था रहेको अध्यक्ष बलराम गिरीले जानकारी दिए । 

गिरीको अगुवाईमा गत वर्ष दर्ता भएको उक्त संस्थाले स्थापनाको छोटो अबधिमानै समाजको सुधारात्मक परिवर्तन, बिभिन्न अभियानहरू, बिद्यालय भौतिक तथा शैक्षिक गुणस्तर सुधार, सामाजिक सहयोग तथा धार्मिक क्षेत्रमा समेत सहयोग जुट्दै आएको छ । 

संस्थाका अध्यक्ष गिरीले समाजको भौतिक पूर्वाधार निमार्ण, शैक्षिक गुणस्तर सुधार, धार्मिक क्षेत्रमा सहयोग, अतिबिपन्न तथा गरिब दुःखीको सेवा र सहयोगमा संस्था लागेको बताए ।

संस्थाले हल्दिबारी ५ कि मुटुरोगी शुक्रमाया काम्बाङ बचाउ अभियान सञ्चालन गरी ५ लाख, १८ हजार रुपैयाँ  संकलन गरी सहयोग गरेको, धनुषा आबिको शैक्षिक गुणस्तर सुधारका निमित्त बिद्यालय अनुगमन गर्ने तथा आवश्यक बजेट तथा आवश्यक सहयोग जुटाउन सम्बन्धित निकायसँग पहल कदमी गरिरहेको, जनचेतना मुलक कार्यक्रमहरू डेङ्गो रोग रोकथाम तथा नियन्त्रण, बाटोमा पशुचौपाय खुल्ला छोड्न तथा बाध्न निषेध गर्ने अभियान गरेको छ । 

त्यस्तै उल्टो काडा भएको मिचाहा प्रजातीको झार मानव जीवन तथा पशुहरुको निम्ति खतरनाक हुने भन्दै उन्मुलन तथा नियन्त्रण जस्ता अभियान पटक–पटक गरिरहेको छ, बिभिन्न धार्मिक पुराण, धार्मिक मठ मन्दिर कार्यक्रमहरूमा आर्थिक सहयोग गर्दै आएको छ ।  हाल सञ्चालन हुदै गरेको सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिर तथा गुरूकुललाई समेत संस्थाले ११ हजार ७३० रुपैयाँ र २० मन धान सहयोग गरेको छ, ५२ घर धुरी समेटिएको संस्थाले संस्थाका सदस्य भित्र मरिमराउको घटना हुँदा नगद सहयोग तथा समवेदना दिने गरेको छ ।

साथै निर्माणमा अनुगमन, खबरदारी तथा योजना माग र त्यस्तो कार्यान्वयनमा समेत लागि परेको संस्थाका अध्यक्ष गिरीले जानकारी दिए । संस्थाले समाजमा हुने बिकृति र बिसंगति समेतलाई न्यूनीकरण गर्ने प्रयास गर्दै आएको छ ।