झापा ।
झापाका बिभिन्न स्थानबाट प्रहरीले अवैध सामान पक्राउ गरेको छ । झापाको भद्रपुरको मेचीनगर, मेचीनगर–७ स्थित सतिघट्टा र झापा गाउँपालिकाको कुमरखोदबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भञ्सार छलेर नेपाल ल्याउँदै गरेका सामाग्रीहरु प्रहरीले नियन्त्रण्मा लिएको हो ।
अस्थाई प्रहरी पोष्ट मेचीपुलको प्रहरी टोलील भद्रपुर –५ स्थित मेचीपुल छेउमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको ४ हजार ९६० रुपैयाँ मुल्य बराबरको १२४ किलोग्राम मैदा पिठो, १ हजार ४० रुपैयाँ मुल्य बराबरको १६ किलोग्राम चिनी नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रहरी चौकी सतिघट्टाको प्रहरी टोलीले मेचीनगर–७ छ नम्बर पोष्टबाट भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको १३ हजार रुपैयाँ मुल्य बराबरको ५ वटा स्टिलको बेसिन नियन्त्रणमा लिएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले झापा गाउँपालिका–१ स्थित कुमरखोदबाट भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको चिनि ७ बोरा, ५ टिन खाने तेल र १ बण्डल बिडी जम्मा ५० हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका उक्त अबैध सामान आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा र भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।