सुरुङ्गा ।

तामाङ समुदायको राष्ट्रिय पर्वको रुपमा रहेको ‘सोनाम ल्होछार’ का अवसरमा झापाको कनकाई नगरपालिकास्थित कोटीहोममा रहेको साङाक छ्योईलिङ बौद्ध गुम्बामा बिबिध कार्यक्रम गरी मनाइएको छ । 

नेपाल तामाङ घेदुङ कनकाई नगर कमिटीको आयोजनामा नगरस्तरीय २८५९ औं सोनाम ल्होछार ह्योई (बिरालो) लो को अवसर पारेर आइतवार (आज) बिबिध कार्यक्रम गरिएको हो । 

तामाङ समुदायले ग्रहजाप, धार्मिक पूजापाठ, पुरानो ल्हो बिदाई तथा नयाँ ल्हो को स्वागत, अतिथि सम्मान, शुभकामना आदान–प्रदान, सांगितिक कार्यक्रम, बिभिन्न खेल र पुरस्कार वितरणलगायतका कार्यक्रम गरी ‘सोनाम ल्होछार’ पर्व मनाएका हुन् । 

नगर अध्यक्ष चित्रबहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा तामाङ समुदायकाले आफ्नो भेषभुषा, संस्कृति, परम्परा झल्किने बिभिन्न कार्यक्रमहरु गरेका थिए भने सहयोग गर्ने आठ जनालाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव चेतन योञ्जनले गरेका थिए । 

भिडियो पनि