झापा ।

तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम आज सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक बर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष शुरु भएको मानिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाताको भनाइ छ ।

सोनाम ल्होसार पर्वको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ । तामाङ समुदायले आज बिबिध कार्यक्रम गरी पर्व मनाउने गरेका छन् ।