हल्दिबारी ।
हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा भएको आगलागीबाट पिडीत बनेका किरण मगरलाई सहयोगका लागि युवाहरुले अभियान शुरु गरेका छन् ।
गत माघ ४ गते आगलागी हुँदा भाडामा बस्दै ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएका मगरको लगाएको कपडा बाहेक सम्पूर्ण लत्ताकपडासहित सवै सामान जलेर नष्ट भएको थियो ।
आगलागीमा सवै गुमाएका मगरको सहयोगका लागि स्थानीय युवाहरु अभिषेक खतिवडा, डिल्लीराम ढुङ्गेल र जीवन याखाले सहयोगको अभियान सञ्चालन गरेका हुन् । उनीहरुले सूचनानै जारी गरेर सकेको आर्थिक सहयोग गर्न सवैलाई आग्रह गरेका छन् ।
ढडुवा चोक दक्षिण रमेश भण्डारीको घरमा आगलागी घरमा कोहि नभएको अवस्थामा आगलागी हुँदा भाडामा बस्ने मगरको सम्पूर्ण सामाग्री जलेर नष्ट भएको थियो ।