झापा ।
झापाका बिभिन्न स्थानबाट प्रहरीले अवैध समान पक्राउ गरेको छ । झापाको मेचीनगर, दमक र गौरादहका बिभिन्न स्थानबाट अवैध बिबिध सामाग्री बरामद गरेको हो । प्रहरीले बरामद गरेको सामाग्री आवश्यक कारवाहीका लागि सम्बन्धित भञ्सार कार्यालयमा बुझाउने तयारी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर–६ मेची खोलाबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको ७० हजार रुपैयाँ मुल्य बराबरको औषधी नियन्त्रणमा लिएमा लिएको छ । नियन्त्रणमा लिएको औषधी आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय बिराटनगर बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले मेचीनगर–६ बसपार्क छेउबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै ५० हजार रुपैयाँ मुल्य बराबरको किराना सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले दमक–७ पशुहाट डाँडामा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै १ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको १३५ जोर जुत्ता नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी महारानी झोडाको संयुक्त प्रहरी टोलीले गौरादह–४ मिलन चौकबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको २८ हजार रुपैयाँ मुल्य बराबरको ७ बोरा चिनी र ४ हजार मुल्य बराबरको २ कार्टनु बिडी सामान नियन्त्रणमा लिएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर–६ जेसिका ठ्याकबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको ५० हजार रुपैयाँ मुल्य बराबरको थानको कपडा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले भद्रपुर–७ गार्मेन्ट चोकबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको ३१ हजार ५ सय रुपैयाँ मुल्य बराबरको ७ बोरा मैदा नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका अबैध सामाग्री आवश्यक कारवाहीका लागि भद्रपुर भन्सार कार्यालय मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।