मेचीनगर ।
नेपाल डेरी एशोसिएसनको २४ औं स्थापना दिवसको अवसरमा खाद्यन्न तथा न्यानो कपडा वितरण गरिएको छ । एशोसिएसनले शनिवार (आज) मेचीनगर नगरपालिका–७ मा रहेको जागृत बाल उद्दार केन्द्र नेपाल बालबालिकालाई खाद्यन्न तथा न्यानो कपडा वितरण गरेको हो ।
उद्दार केन्द्रमा रहेका १६ जना बालबालिकालाई करिब ३५ हजार रुपैयाँ बराबरको खाद्यन्न तथा न्यानो कपडा वितरण गरिएको जनाइएको छ ।
एशोसिएसनका प्रदेश नं. १ का अध्यक्ष गंगा खड्काको अध्यक्षतामा भएको खाद्यन्न तथा न्यानो कपडा वितरण कार्यक्रममा एशोसिएसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजन चिमरियाको प्रमुख आतिथ्य रहेको थियो ।
२४ औं स्थापना दिवसका अवसरमा एशोसिएसनले देशैभर बिबिध कार्यक्रम गरेको छ । देशका बिभिन्न स्थानमा रहेका बाल उद्दार केन्द्र, बृद्धआश्रम, बिद्यालयलगायतका स्थानमा खाद्यन्न तथा न्यानो कपपडा वितरण गरेर स्थापना दिवस मनाइएको एशोसिएसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजन चिमरियाले जानकारी दिए ।
एशोसिएसनका झापा अध्यक्ष भरत ओलीले सञ्चालन गरेको कार्यक्रममा बाल उद्दार केन्द्रका सचिव राधाकृष्ण अधिकारी, सदस्य मोहन कटुवाल, समाजसेवी पुष्प पौडेल, भवनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।