बिर्तामोड ।
कटुवाल कल्याण कोषको दोस्रो साधारणसभा झापाको बिर्तामोडमा भएको छ । कटुवाल कल्याण कोषका अध्यक्ष रामबहादुर कटुवालको अध्यक्षतामा सम्पन्न साधारणसभामा कोषका आजीवन सदस्य कृष्णबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत कोषका सदस्य डम्बर कटुवालले गरेको कार्यक्रममा जेष्ठ सदस्यका रुपमा पर्शुराम कटुवाल र लक्ष्मी कटुवाललाई सम्मान गरिएको थियो भने कोषको सर्वउत्कृष्ट दाताका रुपमा कोषका उपाध्यक्ष हर्कबहादुर कटुवाललाई सम्मान गरिएको थियो । अध्यक्ष रामबहादुरले कोषको प्रतिवेदन प्रस्तुत गर्दै कोषका लागि आर्थिक सहयोग गर्ने बन्धु तथा दाताहरुको नामावलीसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बिर्तामोडका प्रमुख जमुना कटुवाल, कमल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष केदार कटुवाल, कोषका आजीवन सदस्य तथा कटुवाल बंश बाटिकाका सल्लाहकार मदनराज कटुवाल, कटुवाल बंश बाटिकाका अध्यक्ष मित्रबहादुर कटुवाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन कोष सदस्य रत्नबहादुर कटुवालले गरेका थिए ।
- अध्यक्षमा रामबहादुर कटुवाल सर्वसम्मत
- कोषको दोस्रो साधारण सभाले अध्यक्षमा झापाका रामबहादुर कटुवाललाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा उदयपुरका धनबहादुर कटुवाल, झापाका अजितकुमार कटुवाल, इलामका डम्बरबहादुर कटुवाल र ओखलढुङ्गाका बसन्त कटुवाल चयन भएका छन् ।
- सचिवमा चितवनका टेकबहादुर कटुवाल, सह–सचिवमा मोरङका अमर कटुवाल, कोषाध्यक्षमा मानकुमार कटुवाल र सह–कोषाध्यक्षमा झापाकी निर्मला कटुवाल चयन भएका छन् ।
- त्यस्तै सदस्यमा झापाबाट रत्नबहादुर कटुवाल, नारायण कटुवाल, हरिबहादुर कटुवाल, उदयकुमार कटुवाल, मोरङबाट दलबहादुर कटुवाल, सुनसरीबाट जीतबहादुर कटुवाल, उदयपुरबाट मिरा कटुवाल र ओखलढुङ्गाबाट ध्रुब कटुवाल सर्वसम्मत चयन भएका छन् ।