लक्ष्मीपुर । 

पातञ्जल योग समिति नेपाल झापाको प्रथम अधिवेशन तथा बनभोज कार्यक्रम अर्जुनधारास्थित सहिद पार्क सालबारीमा सम्पन्न भएको छ । 

शनिवार भएको प्रथम अधिवेशनले अध्यक्षमा टंक विश्वकर्मा (श्याम) लाई सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा लोकनाथ गजुरेल, सचिबमा रुद्र ओली, सह–सचिवमा टेकेन्द्र ढकाल र कोषाध्यक्षमा टीका सुवेदी सर्वसम्मत चयन भएका छन् । 

त्यस्तै सदस्यमा जयप्रसाद पोखरेल, बाबुराम भट्टराई, भोला अधिकारी, भोजकुमारी नेपाल, कोपिला दुलाल, सुस्मिता ताम्राकार, सपना ढकाल, खड्ग श्रेष्ठ, देबी खरेल, नारद काफ्ले, निर्मला अधिकारी, सिता मिश्र न्यौपाने, इन्द्रमणि पौडेल, अमित बिक, मैना कडरिया र दुर्गा भण्डारी चयन भएका छन् । 

टंक विश्वकर्मा (श्याम) को अध्यक्षमा भएको कार्यक्रममा जिल्ला सहायक प्रमुख अधिकारी झापाका रुद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत मन्तव्य जिल्ला सदस्य सपना ढकालले गरेको कार्यक्रममा समितिको केन्दिूय उपाध्यक्ष गंगाप्रसाद ढकाल, होमनाथ गौतम, प्रदेश नं. १ का अध्यक्ष केशव ताम्राकारलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन झापा सह–सचिव टेकेन्द्र ढकालले गरेको सदस्य इन्द्रमणि पौडेलले जानकारी दिए ।