झापा ।

झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका–६ लमजुङ घर भई काठमाडौं महानगरपालिका–५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् ।

झापाको भद्रपुर एयरपोर्टबाट काठमाडौं जान लागेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम फेला पारी नियन्त्रणमा लिईएको हो ।

उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ । त्यसैगरी रेवन बराईलीको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका वडा नं.१० भैंसीपंखा मेजर चोक स्थितबाट लागूऔषध ब्राउन सुगर ९९० मिलीग्रामसहित पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।