बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर १ का ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक सत् मिलन तथा सम्मान कार्यक्रमको आयोजना गर्दे आज ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित हुने जेष्ठ नागरिकलाई गाम्छासहित नगद र फलफुल प्रदान गरिएको थियो ।
३२ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर सम्मान कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास शाखाका अधिकृत डिल्ली दाहालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का कार्यवहाक वडाध्यक्ष योगचन्द्र आङ्बोहाङ्गले जेष्ठ नागरिकहरुलाई यस वर्ष पनि भ्रमणको आयोजना गरिएको बताए । उउले वडा कार्यालयले चाँडै मिति तोकेर सबै जेष्ठ नागरिकहरुलाई भ्रमणमा लैजाने बताए।
सामाजिक विकास शाखाकी संयोजक, नगर कार्यपालिका सदस्य यमुना आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासचिव टिका अधिकारी लगायतको उपस्थिति रहेको थियो । सम्मानित हुने जेष्ठ नागरिकहरुले नगरपालिकाले गरेको सम्मानप्रति खुशी व्यक्त गरेका छन् ।