झापा । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट अवैध सामान बरामद गरी पक्राउ गरेको छ । 

प्रहरी टोलीले आज (बिहीवार) मेचीनगर –६ मेचीपुलमा भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको ८ हजार रुपैयाँ बराबरको २ बोरा सुर्ती र मेचीनगर – ६ तुर्केनि खेल मैदानमा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको ५० हजार रुपैयाँ मूल्य बराबरको १३ थान ढाकाको कपडा नियन्त्रणमा लिएको छ । 

त्यस्तै (हिजो) बुधवार साँभm मेचीनगर–६ हनुमान मन्दिर छेमा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको २७ हजार रुपैयाँ मूल्य बराबरको सटको रोल कपडा र कुर्था सुरुवालको कपडा नियन्त्रणमा लिएको थियो ।  

नियन्त्रणमा लिएको अबैध सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।