दुर्गापुर । 

झापाको कनकाई–१ स्थित प्रजापति सामुदायिक वनमा निर्वाचित पदाधिकारीसहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् । गत पौष २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीसहित सदस्यहरुलाई निर्वाचन समितिका संयोजक सुर्यकुमार थापाले सपथ ग्रहण गराएका छन् । सपथ ग्रहणसँगै नवनिर्वाचित समितिले पदभार ग्रहण गरेको छ ।

निर्वाचन समितिका संयोजक थापाको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा निर्वाचन समिति सदस्य बिमला अधिकारीले सहभागी सबैलाई स्वागत गरेकी थिइन् ।

पदभार ग्रहण गर्ने नवनिर्वाचित समितिमा अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष प्रमिला डाँगी, सचिव दलबहादुर बि.क., सहसचिव लालवहादुर इदिङ्गो, कोषाध्यक्ष गोमा अधिकारी खबास रहेका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः जंगवहादुर वि.क., टिकादेवी पिठाकोटे, ओमप्रकाश दुलाल, तेजकुमारी बुढाथोकी, खुमा सिग्देल(खुस्बु), गुरुभक्त दंगाल,अमृतकुमार गिरी र दिपा कट्टेल दहाल रहेका छन् ।