बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी कर्मचारीहरुलाई एक दिने फोटोग्राफी सम्बन्धी अनुशिक्षण तालिम प्रदान गरेको छ ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले स्थानिय टेलिभिजनहरुसँग समन्वय र सहकार्य गर्दै प्रहरीद्धारा गरिएका प्रहरी गतिविधि, अपराध सम्वन्धिका खवरहरु, बिभिन्न जनचेतनामूलक सामग्रीहरुका साथै बिविध बिषयमा तालिम प्रदान गरिएको हो ।
साथै आम जनमानसमा सचेतना अभिबृद्धी गर्ने उदेश्यले प्रहरी द्धारा सम्पादन गरेका काम कारवाहीहरुको श्रब्य दृश्य संकलनका लागी १ नम्बर प्रदेशका ईलाका प्रहरी कार्यालय ‘क’ स्तर सम्मका प्रहरी कार्यालयमा कार्यरत २÷२ जना प्रहरी कर्मचारीहरु गरी जम्मा १०० जनालाई नेपाल टेलिभिजन ईटहरीको प्रावाधिक प्रशिक्षकको सहयोगमा १ दिने फोटोग्राफी तथा भिडियोग्राफी र मोवायलग्राफी सम्बन्धी तालिम प्रदान गरेको हो ।