बिराटनगर।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवाली कार्यालयमा हाजिर भएर पदभार ग्रहण गरेका छन् । 

 नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्रिस्तर) को गत पौष २९ गतेको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमाडौंबाट यस कार्यालयमा पदस्थापना भएका  प्रहरी नायव महानिरीक्षक ज्ञवालीले मंगलबार (आज) कार्यभार सम्हालेका हुन् । 

 बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरी सफलता हासिल गरेका छन् । उनले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन्  ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भएपछि उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याएर अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।