झापा ।
झापाको छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेको अवस्थामा ट्याक्टरसहित दुई जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाहुनडाँगीको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.३ भगवतिमा अबैध रुपमा ढुङगा ओसार–पसार गरिरहेको फेला पारी प्र.१–०१–००१ त ९२१९ नम्बरको ट्याक्टर र त्यसका चालक सोही स्थानका २२ बर्षिय मौसम भुजेललाई मंगलबार (आज) नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रहरी चौकी तिरिङखोलाको प्रहरी टोलीले मेचीनगर –२ स्थित निन्दा खोलाको सिरान चुरे क्षेत्रबाट अबैध रुपमा ढुङगा उत्खनन् गरिरहेको फेला पारी ज २ त ९५३ न.को ट्याक्टर र त्यसका चालक सोही स्थानका २५ बर्षिय सुवास लिम्बुलाई सोमबार नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका ट्याक्टर र चालकहरुलाई आवश्यक कार्बाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।