झापा ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका झापाको कनकाई नगरपालिका वडा नम्बर ४ का एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत बिराटनगर इलाम इजलास, इलामको मिति २०७९/०३/०८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका २८ बर्षिय शिवु सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले मंगलबार सुवेदीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको फरार उनलाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएर अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।