झापा ।

 झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ बाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.१५ का २१ बर्षिय सन्देश राई र भद्रपुर नगरपालिका वडा नं.९  का २१ बर्षिय देवराज दंगाललाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

शंका लागेर चेकजाँज गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ (प्लाष्टिक सहित) ५० ग्राम फेला परेकोले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।