- रन्जित परियार
भद्रपुर ।
बन्दी बिकास पुस्तकालय झापाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य इन्दिरा रानालाई सम्मान गरेको छ । बन्दी बिकासले जिल्ला कारागार झापा भएको कार्यक्रममा रानालाई दोसल्ला ओडाए सम्मान पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।
३३ बर्षदेखी बन्दी सहयता नेपाल नामक सस्था मार्फत अनवरत विभिन्न जेलमा रहेका बालबालिकाहरुका लागि शिक्षा स्वास्थ्य र आवास सहितको बालगृह र दुई बिद्यालय सन्चालन र महिला तथा पुरुष बन्दीहरुलाई रानाले आवश्यक सामग्री सहित सीप प्रदान गर्दै आएकी छिन् ।
हालै सम्पन्न निर्वाचनबाट नेपालको विभिन्न नीति निर्माण गर्ने स्थानमा पुगेकी रानाले यस क्षेत्रको अनुभव अनुसार बन्दीहरुको न्युनतम आवश्यकताहरु शिक्षा, स्वास्थ्य उपचार, दैनिक खाद्यान्न प्राप्त रकम लगायत कैदीलाई दिने भुक्तानी रिहाई देखी कारागार सम्बन्धि ऐन नियमहरु लागू गर्नु पर्ने, सीप सम्बन्धि कार्यक्रम लगायत कसुर अनुसारको बेग्ला–बेग्लै स्थानमा कैदीलाई राख्ने ब्यवस्थापन आदिको पहल गरिदिन बन्दीहरुको तर्फबाट पुस्तकालय अध्यक्ष एवम् आन्तरिक प्रसासन प्रमुख (पुरुष तर्फ) लयप्रसाद शिवाकोटीले समस्याहरु प्रस्तुत गरेका थिए ।
सुधारगृहमा रहेका महिला पुरुष र उनीहरुसँग आस्रित बालबालिहरुको क्षेत्रमा रहेर सयौं बालबालिकाको अभिभावक बनेर काम गरिसकेको अनुभवका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी रानालाई अझ यस क्षेत्र लगायत अन्य क्षेत्रमा पनि राम्रो नीति निर्माण गरि लागू गर्न सफलता मिलोस भदै बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, कारागार प्रसासन प्रमुख मोहनलाल पनेरू, आन्तरिक महिला प्रसासन प्रमुख रिता लिम्बु, नेपाल कर्मचारी युनियनका पूर्व केन्द्रिय सचिव जगतबहादुर मगर लगायतले शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा आफ्नो अनुभव र कारागार सम्बन्धि अन्तरास्ट्रिय मापदण्ड अनुसार नेपालको नीति नियमहरु लागू गर्न साथै बालबालिका र महिला सम्बन्धि न्युनतम अधिकारहरु लागू गर्न आफू दृढता साथ लाग्ने प्रतिबद्धता रानाले व्यक्त गरिन् ।
आफुले काम गरेको क्षेत्रबाट सम्मानित भएकोमा गर्व गर्दै आयोजकप्रति रानाले धन्यवाद व्यक्त गरिन् । कार्यक्रमको सहजीकरण बन्दी बिकास पुस्तकालय झापाका सचिव रमेश पोख्रेलले गरेका थिए ।