झापा ।

 पोखरामा भएको यति एयरलाइन्स दुर्घटनामा बेपत्ताको खोजी कार्य सोमबार (आज) विहानैबाट शुरु भएको छ ।

हिजो (आइतबार) विहान यति एयरलाइन्सको एटिआर विमानमा यात्रा गरेका  ७२ मध्ये ६८ जनाको शव भेटिएको छ भने बाँकी ४ जनाको अझै बेपत्ता अवस्थामा रहेका आज बिहानैदेखि खोजी कार्य शुरु गरिएको हो ।  

दुर्घटना स्थलमा केही शवहरु देखिएको भएपनि भौगोलिक विकटताका कारण निकाल्न नसकिएको बताइएको छ । 

बेपत्ता ४ जनाको खोजी कार्यका लागि सोमबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएका छन् ।