सुरुङ्गा । 

झापाको कनकाई नगरस्थित ‘माईवेनी मेला’ भरेर आउँदा बाटोमा पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । 

कनकाई नगरपालिका–१ पवित्रा आयल पेट्रोल पम्प अगाडि आइतवार साँझ ६ बजेको समयमा भएको सवारी दुर्घटनामा परी कनकाई नगरपालिका–६ का ४४ बर्षिय केशव नेपालको घटना स्थलमै मृत्यु भएको हो । यात्रुवाहक बसको ठक्करबाट नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्र १—०१—००१ ख ३४२० नम्बरको गरमकाली यातायातले पैदल यात्रीलाई  ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले ठक्करदिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।