झापा ।
काठमाडौँबाट आज (आइतवार) विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना हुँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।
जिल्लाका प्रशासन प्रमुख सिडिओका अनुसार दुर्घटनामा उद्दार भईरहेको छ । चालक दलका सदस्यसहित ७२ जना सवार विमानमा जिवित रहने सम्भावना नरहेको बताएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर विमान पोखरा विमान स्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको थियो ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको थियो ।