झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर –७ स्थित बगान छेउबाट अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी सतीघट्टाको संयुक्त प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरेको ७३ हजार ८ सय रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिएको अबैध कपडा आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालउय झापाले जनाएको छ ।