अर्जुनधारा । 

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन तामाङले पत्रकार र नगर एक अर्काका परिपुरक भएकाले सहकार्य गरेर अघि वढ्न जोड दिएका छन् । उनले पत्रकार र जनप्रतिनिधिको सम्बन्ध नङ्ग र मासुको हुनुपर्ने बताएका छन् । 

अर्जुनधारा प्रेस क्लबको प्रथम साधारणसभाका क्रममा सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख गोम्देनले प्रेस क्लबले निर्माण गर्न लागेको क्लबको भवनलाई सक्दो सहयोग गर्ने बताएका छन् । उनले नगरले गरेका कामलाई नकारात्मक रुपमा मात्र नहेर त्यसको सकारात्मक पक्षमा पनि कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् ।

 अर्जुनधारा–८ मा जग्गादाता कृष्ण बराल र लोकबहादुर तामाङले अर्जुनधारा प्रेस क्लबको भवनका लागि प्रदान गरेको करिब १० धुर जग्गामा चाँडै भवन निर्माण शुरु गरिने अध्यक्ष कुमार भट्टराईले जानकारी दिए । स्वागत क्लबका उपाध्यक्ष रमेश समदर्शी राईले गरेको कार्यक्रममा बिशेष अतिथि तथा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, अर्जुनधारा–८ का वडाध्यक्ष कुमार उप्रेती, जग्गादाता कृष्ण बराल, क्लबका सल्लाहकार दिपिन राईलगायतले शुभकामना मन्तब्य राखेका थिए । 

क्लबका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमकुमार आचार्यले गरेका थिए । 

  • अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा रमेश समदर्शी राई सर्वसम्मत 
  • साधारण सभाको बन्दसत्रले अध्यक्षमा रमेश समदर्शी राईलाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेमकुमार आचार्य, सचिबमा नरेश खाती, सह–सचिवमा उद्धव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगु सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा बिष्णु श्रेष्ठ, दीपक ढुङ्गाना, सुजाता ढुङ्गाना, मनिता योञ्जन, पुरुषोत्तम पौडेल र तीलक योञ्जन चयन भएका छन् । लेखा समिति संयोजकमा राजन साम्पाङ सदस्यमा अनिता बिष्ट र गणेश थापा चयन भएका छन् ।

 सर्वसम्मत चयन भएको नयाँ समितिको नाम बन्दसत्र कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीले सार्जजनिक गरेका थिए ।