बिर्तामोड  । 

कञ्चनजंघा परोपकार समाज बिर्तामोडको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष पार्वता बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  

दुःखमा परेका विपन्न तथा असहायलाई आशौच बार्ने कार्यमा  सहयोग गर्ने उद्देश्यले ४ वर्षअघि  स्थापना भएको कञ्चनजंघा परोपकार समाजले अक्षयकोषको स्थापना गरेको छ भने निकट भविष्यमा भवन निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष बस्नेतले जानकारी दिइन् ।

कार्यक्रममा ५१ जनालाई प्रमाण–पत्र प्रदान गरिएको थियो । सहयोग ११ लाख ८३ हजार ५५१ रूपैयाँ रहेको अक्षयकोषलाई बृद्धि गरी चालू आर्थिक वर्षमा १६ लाख पुर्याउने लक्ष्य राखिएको छ ।