बिराटनगर।
बिराटनगर महानगरपालिका–१६ मुसहरी बस्तिमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा साना बालवालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।
शनिवार (आज) १ नम्वर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरी, महासचिव अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा गरिव तथा असाह्य परिवारका ६० जना बालवालिकाहरुलाई न्यानो कपडा (ट्याक सुट) बितरण गरिएको हो ।
न्यानो कपडा बितरण कार्यक्रमका सहयोगी सामाजिक अभियान्ता राहुल भट्टराई तथा उषा गिरीको समेत सहभागिता रहेको थियो ।