बिराटनगर ।
सामुदायिक सेवा केन्द्र रानीले बिराटनगर महानगरलिका–१६ मा कम्बल बितरण गरेको छ ।
१ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यमा बिराटनगर १६ स्थित दुर्गा मंदिरमा शनिवार (आज) भएको कार्यक्रममा बृद्ध, बृद्धा, एकल तथा असहाय दुई जना ब्यक्तिहरुलाई न्यानो लुगा कम्वल बितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्ती राज कोईराला, स्थानिय संघ÷संस्था तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।