हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकामा पछिल्लो समय जलथल जङ्गलबाट बस्ति निस्किएर जङ्गली हात्तीले जनधनको क्षेति गर्ने क्रम बढेको छ। आजपनि हल्दिबारी–३ आपगाछि चौकमा राती १२ बजेतिर जंगली हात्तीको आक्रमण गर्दा भिम बनको घर भत्काएको छ। केहि दिन अघि सोहि ठाउँको स्थानीय बेनु गिरीको पसलमा समेत आक्रमण गरेको थियो ।
यता स्थानीय सरोज बनले सार्वजनिक संजाल फेसबुक मार्फत आफ्नो स्थानीय सरकारको जवाफ देहीता खोजेका छन् । उनले भनेका छन् ‘हात्तीको आक्रमणबाट हामी कहिलेसम्म त्रसित हुने ? के आज पनि हामीले हात्ती नियन्त्रण टर्च र नाङ्लो ठटाको भरमा गर्नुपर्ने हो भने किन चहियो कुर्सीमा बसेर तलब खानलाई नालयक सरकार ? जनप्रतिनिधिहरु आई फोन १४ ले पीडित परिवारको भताभुङग पारिएको घरको फोटो मात्र खिचेर मात्र फर्किनु भयो कि ? अझै पनि पिक्निक तिर ब्यस्त हुनुहुन्छ । यो घटना हल्दिबारी ३ आँपगाछि चौकमा आज राती १२ बजेको हो ।
हात्तीको आक्रमणले भिम बन दाईको घरको अवस्था ।आशा छ छिटो भन्दा छिटो हात्ती नियन्त्रणमा सरकारको चासो रहोस् ।। जनप्रतिनिधिहरु बिचरा भन्दै पुग्नुभयो कि केहि योजना लिएर पुग्नुभयो ? कि अझैसम्म जानकारी पाउनु भएको छैन ? पुगेर पनि के गर्ने ? यो कहिलेसम्म दोहोरिन्छ ? कहिलेसम्म त्रसित हुनुपर्ने ? कि सरकारमा योग्य मान्छे नभएको हो ? ’