झापा  ।

 थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजन तथा २४ वटा संस्थाको आयोजनामा हुने भएको छ । नयाँ वर्षसहित हुने महोत्सव (आज) शनिबार र (भोली) आइतबार टुँडीखेलमा हुने भएको हो ।

महोत्सवमा थारू सांस्कृतिक झाँकी, ¥याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले जनाएको छ । 

महोत्सवमा थरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुनेछन् भने मघौटा, सखिया, हुर्दगङ्वा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रङ्हवा नृत्यसहित गीत प्रस्तुत गर्ने तयारी गरिएको जनाइएको छ ।  पुस ३० गते बिहान कोटेश्वरबाट मोटरसाइकल ¥याली गरेर भृकुटीमण्डपमा समापन गर्ने कार्यक्रम रहेको बताइएको छ ।