झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ स्थित निन्दा खोलामा अवैध रुपमा गिटी तथा बालुवा उत्खनन्  ट्याक्टरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा दिएको छ । 

प्रहरी चौकी बाहुनडाँगीको प्रहरी टोलीले मेचीनगर–३ का २० बर्षिय सागर तामाङले चलाई ल्याएको प्रदेश १–०१–००१ त ८९४२ र सोही स्थानका २२ बर्षिय सुजन धिमालले चलाई ल्याएको प्रदेश १–०१–००१ त ८३१७ नम्बरको ट्याक्टरहरुले अबैध रुपमा गिटि बालुवा उत्खनन गरीरहेको अबस्थामा फेला पारी चालकहरुसहित नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिएका ट्याक्टर र चालकलाई आवश्यक कार्वाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।