मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१५ हुलास चोकबाट प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार (आज) ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोली भारतबाट नेपालतर्फ आउँदै गरेको फिदिम नगरपालिका–४ पाँचथरकी २० बर्षीया एन्जिला सुजीलाई शंकास्पद अवास्थामा फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित औषधी लुपिजेसिक–३ एम्पुल, डाइजोपाम–३ एम्पुल, फेनारागन–३ एम्पुल, एभिल–३ एम्पुल, नाइट्राभेट–३० चक्की, सुई–३ थान र स्पास्मो प्रोक्सिवन–२ चक्की फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानाले थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।