झापा । 

झापाको गौरादह नगरपालिका वडा न.१ जनता माध्यमिक बिद्यालयस्थित भित्री बाटोमा भएको सवारी दुर्घटनामा घाइते भएका एक ब्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । 

बसले दक्षिणबाट उतरतर्फ जाँदैं गरेको मे.१ ख २६७६ न.को माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले पैदलयात्री सोही स्थानकी ७२ बर्यिाया तुलसा दाहाललाई बिहीबार ठक्कर दिएको थियो । 

ठक्करबाट घाईते भएकी दाहाललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।  बस र बस चालक गौरादह नगरपालिका वडा न २ का ३७ बर्षिय अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।