झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नं. २ का बैंकिङ कसुर मुद्धामा फरार रहेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको मिति २०७७/१०/१९ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका ३९ बर्षिय सागरप्रसाद सेलवाललाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनकोलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।

अदालतको आदेश अनुसार सेलवाललाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।