झापा ।
लागूऔषध मुद्दामा फरार र रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०७७/०६/१५ गतेको फैसला अनुसार लागूऔषध गाँजा मुद्दामा फरार रहेका कमल गाउँपालिका–३ का ३८ बर्षिया भिमकुमारी लिम्बु लावतीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोली पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो ।
अदालतको आदेश अनुसार प्रतिबादी लावतीलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।