मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–७ बाट श्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट बिराटनगर–१८ का ३६ बर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैयाँ, बिभिन्न बैङकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र को।२४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको हो ।
श्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।