झापा।
झापाको मेचीनगर नगरपालिका–१ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाहुनडाँगीको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थामा हिडिरहेका मेचीनगर नगरपालिका–१ का ३० बर्षीय शक्ति प्रधान र २२ बर्षीय सिदार्थ तामाङको साथबाट १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।