फुलबारी । 

हिन्दु धर्म संस्कारलाई प्रोत्साहन तथा जोगाउने उदेश्यले श्रीहरि सत्संग समिति नेपालको बिर्तामोड च्याप्टरको उद्घाटन भएको छ । 

झापाको बाह्दशी गाउँपालिका–५ डाँगीबारीमा बिहीवार (आज) भएको च्याप्टर उद्घाटन भेलाले अध्यक्षमा उमेश डालमियालाई चुनेको छ । बिर्तामोड च्याप्टरको उपाध्यक्षमा बृहस्पति पाण्डे, सचिवमा बाबुलाल अग्रवाल, सह–सचिवमा बिजेन्द्रकुमार अग्रवाल र कोषाध्यक्षमा राजिब श्रेष्ठ चुनिएका छन् । 

त्यस्तै सदस्यमा बाबुलाल बंशल, राजु पारिक, राजेन्द्र अग्रवाल, सुभासचन्द्र अग्रवाल, छिरिङ याल्मो र साइला मुर्म चुनिएका छन् । श्रीहरि सत्संग भारतका राष्ट्रिय महामन्त्री  तथा कार्यक्रमका प्रमुख अतिथि अनिल मानसिंहका एकल श्रीहरिले बिर्तामोड च्याप्टर उद्घाटनसँगै अध्यक्ष घोषणा गरेका थिए भने घोषित अध्यक्ष डालमियाले कार्य समितिका पदाधिकारीका नाम घोषणा गरेका थिए । 

डालमियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह–सचिव बिजेन्द्रकुमार अग्रवालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सोमनाथ सुवेदीले गरेका थिए । पूर्वमै पहिलो पटक श्रीहरि सत्संगको च्याप्टर उद्घाटन भएको बिर्तामोड च्याप्टरका संरक्षक भगवानदास अग्रवालले जानकारी दिए ।