झापा ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित देवीबस्तीबाट अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध सामान प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नं.५ बाट बुधवार साँझ नियन्त्रणमा लिएको हो । अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याइदै गरेको ५० हजार रुपैयाँ बराबरको हार्डवेयरका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
नियन्त्रणमा लिएको सामान आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।