सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले ३०१ औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रम गरेको छ । नगरले गत २०७८ फागुन ७ गते कनकाई नगर प्रवेश द्वारमा स्थापना गरेको पृथ्बी नारायण शाहको शालिक परिसरमा बुधवार (आज) विविध कार्यक्रम गरेको हो ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत कनकाई–१ की वडा सदस्य निर्मला खड्काले गरेको कार्यक्रमको सञ्चालन वडा नं. ३ का वडाध्यक्ष युवराज चम्लागाईले गरेका थिए ।
प्रमुख अतिथि सांसद कार्की र नगर प्रमुख पोखरेलले पृथ्बी नारायण शाहको शालिकमा झण्डोत्तलन साथै शालिकमा माल्यर्पण गरेका थिए । त्यस्तै कार्यक्रममा श्री नाथ गण चारआली ब्यारेकबाट नेपाली सेनासहित पृथ्बी नारायण शाहको शालिकमा झण्डा तोलन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरिएको थियो भने बत्तृmत्वकलासमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नगरका प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, वडा नं. १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, २ का वडाध्यक्ष बलराम राई, ४ का वडाध्यक्ष रोशन सुवेदी, ५ का वडाध्यक्ष कृष्णबहादुर राई, ६ का वडाध्यक्ष दीर्घबहादुर थापा, ७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, ९ का वडाध्यक्ष राजेन्द्र उप्रेती, नगरका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी, नगरका विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, स्थानीय संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको नगरका कर्मचारी बिजय पाठकले जानकारी दिए ।