झापा । 

झापाका छुटाछुट्टै स्थानबाट अवैध रुपमा ल्याइदै गरेका सामाग्री प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएको सामान भञ्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको हो । 

झापाको भद्रपुर नगरपालिका वडा नं. ५ मेची किनार काँसघारीमा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० हजार रुपैयाँ बराबरको साडी नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भएको छ । 

वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले कपडा पक्राउ गरेको हो । त्यस्तै अस्थाई प्रहरी पोष्ट ईटाभट्टाको प्रहरी टोलीलेमेचीनगर नगरपालिका वडा नं.७ स्थित ईटाभट्टा चौकमा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको अन्दाजी ३२ हजार रुपैयाँ बराबरको किराना सामानहरु नियन्त्रणमा लिएर मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।